हेटौंडा/कर्रा खोलामा पौडी खेल्ने क्रममा ३ जना बालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–७ न्यूरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर ३ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चार जनासँगै पौडी खेल्न गएकामध्ये एक बालकलाई खोलाबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निरन्तर २ घण्टाको खोजी कार्य पछी प्रहरीले बालकहरुको शव फेला पारेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
हेटौंडा–१५ फायरलाइनबाट बालकहरु पौडी खेल्न नागदह आएका थिए । मृत्यु हुने बालकहरुमा १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र १३ वर्षको सजिव मोक्तान रहेको प्रहरीले जनाएको छ ।







