सुवास नेम्वाङको अन्त्येष्टी भदौ २८ गते गरिने, बिहीबार सार्वजनिक बिदा

काठमाडौं , संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टी भदौ २८ गते बिहीबार हुने भएको छ।

ADVERTISEMENT

एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टी बिहीबार गर्ने निर्णय गरेको हो। सरकारले उनको निधनमा अन्त्येष्टीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मान सहित अन्त्येष्टी गरिनेछ।

नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको र भोलि बेलुकीसम्म उनीहरु स्वेदश आइपुग्ने पारिवारिक स्रोतले बताएको छ।
नेम्वाङको आज बिहान निधन भएको हो। उनको पार्थिव शरीरलाई आज त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यालय च्यासलमा ल्याएर राखिएको थियो। त्यहाँ नेता कार्यकर्ताले नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।–अनलाइनको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *