हेटौँडा, हेटौँडा–२ मा रहेका मेरो मार्टका सञ्चालक राम बजगाईले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् । हेटौँडा–२ मा रहेको ॐ वृद्धाश्रमलाई नगद सहयोग गरेर बजगाईले आफ्नो जन्मदिन मनाएका हुन् ।

मङ्गलबार बजगाईँले आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई नगद १० हजार ५ सय ५५ रुपयाँ हस्तान्तरण गरेका हुन् । आश्रममा आश्रित रहनु भएका २३ जना वृद्धाहरुलाई खानाको लागि रकम सहयोग गरेका हुन् ।
जन्मोत्सव कार्यक्रममा बजगाईसहित मेरो मार्टका प्रबन्ध निर्देशक किरण खनालको पनि उपस्थिति रहेको थियो ।







