हेटौंडामा आउँदो बर्षबाट अटिजम बिद्यालय सञ्चालन

हेटौंडा– अटिजम भएका बालबालिकालाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले बिद्यालय सञ्चालन गर्ने भएको छ । बिश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरले हेटौँडा- ११ थानाभर्याङमा बिद्यालय सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने बताइन् ।

ADVERTISEMENT

उपमहानगरले महिलाहरुका लागि भवन निर्माणको काम गर्नका लागि डिपीसी समेत भैसकेको जमिनमा बिद्यालय सञ्चालनको तयारी थालिएको जानकारी दिइन् । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभाबकले निजी क्षेत्रबाट सञ्चालन भएका बिद्यालयबाट चर्को शुल्क असुलेको गुनासो गरीरहेको सन्दर्भमा अब सबै खालका परिवारलाई लक्षित गर्दै उपमहानगरले बिद्यालय सञ्चालनको पाटो अघि बढाएको बताइन् । जनचेतना दिवसको सन्दर्भमा हेटौंडा–४ मा रहेको सेन्टर फर अटिजममा भएको अभिभाबकसँगको कार्यक्रममा नगर प्रमुख लामाले नजिकबाट यस्को बिषयमा जानकारी नलिँदा सबैलाई उस्तै सोच्ने गरेकाले अहिले समस्या देखिएको भन्दै अब सुधार गरेर जाने पक्षमा रहेको बताइन् । अटिजम र शारीरीक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा अहिले समस्या देखिएको बताइन् ।

उनले भनिन् ‘नगर क्षेत्रमा रहेका सबै खालका बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोच सहित काम गरीयो अहिले फरक खालको बिषय उपमहानगरसम्म आएको छ यसलाई सुधार्ने छौं ।’ उनले प्रतिबद्धता जनाइन् । अब समाजले के भन्ला भन्ने होइन परिवारीक हिसाबले अभिभाबक बाहिर आउँदै बालबालिकाको अधिकारलाई कुन्ठित नबनाउँन आग्रह गरीन् ।
अहिले आफ्नो बालबालिकाको अवस्था पहिचान नगरी मन्टेश्वरी, निजी बिद्यालयका कक्षहरुमा राखेपछि सामस्या झनै बद्दै जान्छ यो बिषयमा अभिभाबक आफै सचेत भएर बालबालिकाको अवस्था बुझ्न जरुरी रहेको उनले बताइन् । अटिजमको समस्यालाई समाधान गर्न उपमहानगरले व्यवस्थित बिद्यालय सञ्चालनका लागि गृहकार्य गरीरहेको उनको भनाई थियो ।

अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्यापन गर्दै आएका छन् । कार्यक्रममा बालबालिकाका अभिभाबकले उपमहानगरले अटिजमको बिषयमा स्थानिय हत जिम्मेवार बन्न आग्रह गरे । सेन्टर फरका उपाध्यक्ष शेखर थपलियाले अभिभाबले बालबालिकाको अवस्था नबुझ्दा समस्या भैरहेको बताए । उनले अहिले मन्टेश्वरी, निजी क्षेत्रका नर्सरी कक्षा, अन्य बिद्यालयमा बालिकालिकालाई अभिभाकले पठाउँदा भोलीका दिनमा समस्या हुने बताए । उनले भने ‘कति अभिभावकले मंहगो शुल्कमा मन्टेश्वरी पठाएका छन्, ति बालबालिका अन्य जसरी अध्यापनमा ध्यान दिए नदिएको अध्ययन गर्ने कोही नहुँदा समस्या बढ्दै गएको छ ।’ हामिले सञ्चालन गरेको बिद्यालयमा अहिले पनि बालबालिका राख्नु प¥यो भन्दै कति अभिभाबक आएपनि स्थान अभाबले समस्या भैरहेको उनले जानकारी दिए ।

सेन्टर फर अटिजमका अध्यक्ष हरीकृष्ण मैनालीको अध्यक्षतामा भएको जनचेतना दिवसको कार्यक्रममा सचिब अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिष्ट डाक्टर श्रमिका श्रेष्ठको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *