हेटौंडा, रोटरी क्लव अफ मकवानपुरले भीमफेदी गाउँपालिका–१ बाघचौरमा रहेकोे जनता आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ । बिहीवार एक कार्यक्रमकाबीच कक्षा १ देखि ५ सम्म ९० जना विद्यार्थीहरुलाई झोला, कपी, पेन्सिल लगायतका शैक्षिक सामग्री सहयोग गरिएको हो ।
रोटरी क्लव अफ मकवानपुर अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनता आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर स्याङ्तानको प्रमुख आतिथ्यता रहेकोे थियो । कार्यक्रममा प्रध्यानाध्यापक सुमित्रा अर्याल, रोटरी क्लब अफ मकवानपुरका पूर्व अध्यक्ष कविन सांगामी, रोट¥याक्ट क्लव अफ मकवानपुर अध्यक्ष प्रदीपकुमार राई लगायतको आतिथ्यता थियो । कार्यक्रममा रोटरीका अध्यक्ष कार्कीले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विद्यालयका अध्यक्ष स्याङ्तानले बजारबाट नजिकै रहेपनि भौतिक पूर्वाधारले पछि परेको जानकारी दिन आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे । ८ कक्षासम्म अध्ययन हुने यस विद्यालयमा १५४ जना विद्यार्थी अध्ययनरत छन् ।







