हेटौंडा जेसीजमा बर्तौला टिमको प्यानल घोषणा

हेटौंडा जेसीजको वर्ष २०२४ का लागि अध्यक्ष पदमा अमृत बर्तौलाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बर्तौला समूहले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

ADVERTISEMENT

बर्तौलाको समूहमा कार्यकारिणी उपाध्यक्षद्धय विवेकानन्द न्यौपाने र जीवन ढकाल रहेका छन् । त्यस्तै २०२४ का लागि उपाध्यक्ष पदमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

२०२३मा कार्यकारिणी उपाध्यक्ष रहेका बर्तौलाले आफु निर्वाचित पश्चात जेसिआई हेटौँडाको स्वर्ण जयन्तीको अवसरमा तेस्रो पटक २०२८ मा राष्ट्रिय महाधिवेशन आतिथ्यता गर्नको लागि हाम्रो पहल गरिनुका साथै ४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरूसँग निश्चित शुल्क लिई आजीवन सदस्यता लागि साधारण सभाबाट पहल गराइने बताए ।

जेसिआई हेटौँडाको सचिवालय भवन पूर्ण रूपमा मर्मत गरि नँया स्वरूप एवम सञ्चालनमा ल्याई आय आर्जन मूलक बनाउने छौ । त्यसैगरी उत्कृष्ठ उत्प्ररणात्म तालिमहरू संञ्चालन गर्ने, नेपाल जेसिजको राष्ट्रिय कार्यक्रम शाखामा ल्याउन पहल गर्ने , उद्घमी पठशाला कार्यक्रमलाई थप परिष्कृत बनाउदै निरन्तरता दिनेलगायतको कार्य गर्ने बर्तौलाले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *