हेटौंडा, शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई पेन्टागन एकेडेमीले शनिबार सम्मान गरेको छ । पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका पूर्वप्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
पेन्टागनले सञ्चालन गरेको तयारी कक्षामा सहभागी भई ५७ जनाले आयोगको परीक्षा उत्तीर्ण गर्न सफल भएको एकेडेमीका सञ्चालक चौलागाईले जानकारी दिए ।
‘पेन्टागन शिक्षक सेवा आयोगको सारथी बनेको छ ।’ चौलागाईले भने –‘तीन वर्षको अवधिमा १७८ जना प्रशिक्षार्थीले शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल भएका छन् ।’ शिक्षक सेवा आयोगमा सहजीकरण गर्नुहुने शिक्षकलाई पनि एकेडेमीले सम्मान गरेको छ ।







