शान्ति अप्टिकलको शाखा ‘आइ अप्टिक्स’ चस्मा पसल स्कूलरोडमा

हेटौंडा, विगत लामो समयदेखि हेटौंडा १० मा सञ्चालन रहेको शान्ति अप्टिकल सेन्टरले आफ्नो शाखा हेटौंडाको स्कूलरोडमा विस्तार गरेको छ । ‘आइ अप्टिक्स’ नामक चस्मा पसलको उद्घाटन बुधबार हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका जोशीले भने– ‘कुनै पनि काम गर्दा जबरजस्ती होइन, दिलले गर्नु पर्छ । काम गर्दा जबरजस्ती शब्दलाई सच्याएर जबरजस्त तरिका अपनाउँदा सफलता मिल्ने छ ।’ ‘स्कूलरोड पछिल्लो समय व्यवसायिक हिसावले मुख्य थलोको रुपमा बन्दै गइरहेको छ ।’ सञ्चालक सुदिप ठकुरीले भने –‘ पसलमा युवादेखि पाकापुस्तासम्मलाई सुहाउँदो र आवश्यताअनुसारका चस्मा उपलब्ध छन् ।’

‘बजारमा फेसनमा आएका र चलेका ब्राण्ड यहाँ हामीले उपलब्ध गराएका छौं’, उनले भने, ‘सस्तोदेखि माथिल्लो मूल्यसम्मका चस्मा विक्रीका लागि राखेका छौं ।’ चाडपर्वलाई लक्षित गरी हरेक चस्मा खरिदमा २० प्रतिशत छुट सुविधा दिइएको उनले बताए । चस्माको पावर जाँच गरेर विक्री गरिने भएकाले आँखा कमजोर भएका मानिसहरुलाई सहजता हुने उनको भनाइ रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *