हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का महिलाहरुलाई डेकी बनाउने तालिम दिइएको छ ।
हेडम्बा डेभलोपमेन्ट एडभाइजर फाउण्डेसन हेटौंडाले हेटौंडा उपमहानगरपालिका रोजगार शाखाको सहयोगमा हेटौंडा–५, का आर्थिक अवस्था न्यून भएका महिलाहरुलाई काठको ठेकी बनाउने तालिम दिएको हो ।
३० दिनको तालिम प्रदान गरेसँगै उनीहरुले ठेकी बनाउन थालेका छन् । पिप्लेपोखरा समुदायिक वनको सभाहलमा २० जना महिलाहरुले मकवानपुरको चिनारीको रुपमा रहेको ठेकी बनाउन सुरु गरेका हुन् ।
अब हेटौंडामा व्यवसायिक रुपमा ठेकीको बिक्रीबितरण समेत हुनेछ । उनीहरुको उत्पादन पिप्लेमै रहेको श्रमजीवी महिला काष्ठ हस्तकला ऊद्योगले बिक्रीबितरण गर्नेछन् ।
यस संस्थाले लामो समयदेखि हस्तकलाको सामग्री निर्माण र वित्रीवितरण गर्दै आइरहेको छ ।
तालिममा सहभागी महिलाहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम तथा आयोजक संस्थाका अध्यक्ष अनन्तराज बानियाँले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेका छन् ।






