आजबाट थाहा नगरमा तीनवर्षे इन्द्रायणी मेला

हेटौंडा,आज बिहीबारबाट मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तीनवर्षे इन्द्रायणीमाई मेला सुरु हुँदैछ । प्रत्येक ३÷३ वर्षमा थाहा नगरपालिका वडा नम्वर ३ इन्द्रायणी चौरमा मेला लाग्ने गर्दछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको स्थानीय निरोज प्रधानले जानकारी दिए ।

ADVERTISEMENT

इन्द्रायणीमाईको मन्दिरमा पुगेर पुजाआजा गर्नाले आफूले चिताएको पूरा हुने र माईले सबैको कल्याण गर्ने जनविश्वास रहीआएको छ । ३ दिनसम्म सञ्चालन हुने मेलामा करिव २ लाख भन्दा बढीले अवलोकन गर्ने इन्द्रायणी भगवती काल भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको यस वर्षको मेला मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । इन्द्रायणी भगवती कालभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्रायणीमाईको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पुजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ ।

थाहा नगरपालिका २ का देउला र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् । इन्द्रायणीमाई थानमा राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ । इन्द्रायणीमाईको पुजा र भाकल गरेमा मनोआकांक्षा पूरा हुने विश्वास रहँदैआएको छ । थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टले जात्रालाई सभ्य तरिकाबाट सञ्चालन गर्न सहयोग गरिदिन सबै पक्षलाई आग्रह गरेका छन् । मेलाको लागि आग्रा, गोगने, टिष्टुङ, हेटौंडासहित छिमेकी जिल्लाहरु धादिङ, पोखरा, बनेपा, वीरगञ्ज, काठमाडौं लगायत स्थानबाट समेत अवलोकनकर्ता आउने गर्दछन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *