बाघको आक्रमणबाट एक महिला घाइते

हेटौंडा, हेटौंडामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

ADVERTISEMENT

अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनको गाला, ओठ र ढाडमा चोट लागेको र थप उपचारको लागि हेटौंडा अस्पताल पठाइएको ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज अर्जुन प्रसाद देवकोटाले जानकारी दिए ।

उनको अवस्था सामान्य छ । घटना भएको स्थल रामधुनीबाट डेढ किलो मिटरमा रहेको छ । मंगलबारदेखि हेटौंडा १८ हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक मच्चिएको छ । हिजो स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले आज सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको छ र आजै एक महिलालाई समेत घाइते बनाएको छ ।

गाउँमा बाघले निरन्तर रुपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन् । अहिले बन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी इन्चार्ज देवकोटाले बताए ।

स्थानीय रमेश सिलवालले केहि समयअघि गुम्बाडाँडा छेउमा बाघ देखेको तर त्यतिबेला आफ्नो कुरामा कसैले विश्वास नगरेको बताउनुभयो । अहिले दिनकै क्षति गर्न थालेपछि मात्रै गाउँमा बाघ पसेको कुरामा विश्वास गर्न थालेको उनको भनाइ छ ।

पछिल्लो समय बनजंगलमा घाँस, दाउरा तथा खुला चरणमा रोक लगाएपछि त्यसक्षेत्रका बनजंगलमा झाडी अत्याधिक रुपमा बढेको छ । सोही कारणले गाउँमा बन्यजन्तुको प्रवेश भएको हुनसक्ने आंकलन स्थानीयले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya