पालिकास्तरीय महिला भलिबल प्रतियोगिताः हेटौँडा, भीमफेदी, बकैयाँ र थाहा विजयी


हेटौँडा, केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा मकवानपुर जिल्ला भलिबल संघको सहआयोजनामा आइतबारबाट हेटौंडामा मकवानपुरका पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

ADVERTISEMENT

प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले उद्घाटन गरेका हुन् । आजबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन ४ वटा खेल भएका छन् । आज भएको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिका विजयी भएको छ । इन्द्रसरोवर गाउँपालिकालाई २५–१७ र २५–९ को सोझो सेटले पराजित गर्दै हेटौँडा उपमहानगरपालिकाले विजय यात्रा सुरु गरेको छ ।

आज भएको दोस्रो खेलमा भीमफेदी गाउँपालिका विजयी भएको छ । भीमफेदीले मकवानपुरगढी गाउँपालिकालाई २५–१७ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । आज भएको तेस्रो खेलमा बकैया गाउँपालिकाले बागमतीलाई २५–१४ र २५–१८ को सोझो सेटमा हराउँदा थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २५–१४ र २५–२१ को सेटमा हराएको हो । ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १० मध्ये ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ८० हजार र सेमिफाइनलमा पुग्ने अर्को दुइ टिमले समान ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी छन् । प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट, नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *