ग्यास विक्रेता महासंघको सल्लाहकारमा दिलिसगोविन्द जोशी मनोनित

हेटौँडा, ग्यास विक्रेता महासंघ नेपालको केन्द्रीय सल्लाहकार सदस्यमा दिलिसगोविन्द जोशी मनोनित भएका छन् । मकवानपुर ग्यास विक्रेता महासंघका पूर्व अध्यक्ष समेत रहेका जोशीलाई महासंघको दोस्रो समितिको बैठकबाट सदस्य पदमा मनोनित गरेको हो ।

यसैगरी महासंघको केन्द्रीय समितिमा मकवानपुरका तीन जना अटाएका छन् । केन्द्रीय समितिमा मकवानपुरका मधुसुदन ढकाल सह कोषाध्यक्षमा, रुपक बास्ताकोटी र रमेशप्रसाद कडेँललाई सदस्य पदमा चयन भएका हुन् । महासंघको ११ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

ग्यास विक्रेता महासंघ मकवानपुरले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । ग्यास व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button