हेटौँडा, हेटौँडा अटोमोवाइल्स एशोसिएसनको २५औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशन शनिबार हेटौँडामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा एशोसिएसनको भवन निर्माणमा सहयोग पुर्याउनु हुने संस्थाका पूर्व अध्यक्षहरू कृष्णलाल श्रेष्ठ, भोला प्रसाद शर्मा, सुरेशकुमार श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी तथा संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाललाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। संस्थाका महासचिव दिपेन्द्रकुमार उप्रेतीले दुई वर्षे कार्यकालमा सम्पन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष श्यामप्रसाद कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजन बाबु मल्ल, कोषाध्यक्ष मिलन बाबु मल्ल, महासचिव सुरेन्द्र उप्रेतीलगायतको उपस्थिति रहेको थियो। संस्थाको अध्यक्ष पदका उम्मेदवार धर्मराज धिमालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जितेन्द्र तिवारी र कोषाध्यक्षमा दिपेश खड्की रहेका छन्। यस्तै, अध्यक्ष पदका उम्मेदवार दिपेन्द्रकुमार उप्रेतीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजु अधिकारी र कोषाध्यक्षमा उत्तम प्रसाद भण्डारी रहेका छन्।
संस्थाको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुने र बाँकी सदस्यहरू सर्वसम्मत चयन गरिएको निर्वाचन आयुक्त हेमन्त ढुङ्गेलले जानकारी दिनुभयो। एशोसिएसनमा हाल १२३ जना सदस्य आबद्ध रहेका छन्। अन्तिमसम्म सहमति नजुटेमा लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन अघि बढाइने उहाँले बताउनुभयो।
ADVERTISEMENT