हेटौंडा, मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एकजनालाइ नियन्त्रणमा लिएको छ । विहिबार ९ः३० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँवस्तीबाट ५० वर्षीय बाबुराम मुक्तानलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नयाँवस्ती स्थित ब्रमादेवी सामूदायिक वनभित्र पैदल हिडिरहेका उनलाई विशेष सूचनाको आधारमा प्रहरीले गाँजासहित फेला पारेको हो । उनी रुपाचुरीबाट नयाँबस्तीतर्फ गाँजाको भारी बोकी पैदल आउदै थिए ।
सुनाचुरी बस्ने मुक्तानलाइ नियन्त्रणमा लिइ लागुऔषध कसुर मुुद्धामा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






