चिउरी र चमेरो संरक्षणका लागि सम्झौता

हेटौँडा, सीमान्तकृत चेपाङ समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक उत्थानका लागि लक्षित ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ कार्यान्वयन गर्न प्रदेश सरकार र कार्यक्रम लागू भएका स्थानीय तहहरूबीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा दोस्रो चरणको कार्यक्रम कार्यान्वयनका लागि ६ वटा स्थानीय तहहरूसँग सम्झौता गरिएको हो । कार्यक्रम २० प्रतिशत स्थानीय तह र ८० प्रतिशत प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुनेछ ।

ADVERTISEMENT

चालु आर्थिक वर्षमा प्रदेश सरकारले कार्यक्रमका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चेपाङ समुदायको सामाजिक रुपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ प्रदेश सरकारले गत वर्षदेखि ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्रालयका सचिव बद्रिनाथ गैरेले बताए । चेपाङ समुदायको आर्थिक समृद्धि तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको उनले बताए ।

मकवानपुरको राक्सिराङ, धादिङको गजुरी, बेनिघाट रोराङ र चितवनको राप्ती, कालिका तथा इच्छाकामना गाउँपालिकामा कार्यक्रम कार्यान्वयनमा रहेको छ । कार्यक्रमअन्तर्गत चिउरीको नर्सरी स्थापना, संरक्षण, वृक्षारोपण, चिउरीको मह र दानाको बजारीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारीले जानकारी दिए ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’लाई प्रदेश सरकारले ससर्त कार्यक्रमअन्तर्गत राखेर बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए । (स्रोतः इकान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya