हेटौंडा, हेटौंडा बजार क्षेत्रको मुख्य सडकलार्य शहरी मार्ग घोषणा गरेर वैकल्पीक मार्ग निर्माण गर्नु पर्ने माग गरीएको छ । हेटौंडाका व्यवसायी एवम् समाजसेवी ज्योतिरत्न बज्राचार्यले सडक विस्तारको बहानमा हेटौंडाको अस्तित्वलाई संकटमा पार्न नहुने बताएका छन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बज्राचार्यले हेटौंडा बजार क्षेत्रमा रहेका ४ वटै राजमार्गलाई २५ मिटर फराकिलो बनाउ“दा ऐतिहासिक महत्व बोकेको हेटौंडाको अस्तित्व संकटमा पर्ने दावी गरेका हुन् ।
उनले पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राप्तीरोड र मेनरोड, कान्ति लोकपथ र धरान–चतरा विस्तार गर्दा कान्ति राजपथ तथा त्रिभुवनराज पथ विस्तार गर्दा पिप्लबोट रोड विस्तार हुने बताए । सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष समेत रहेका उनले अब समयमै बैकल्पिक मार्गको निर्माण गरेर बजार क्षेत्रको सडकलाई ‘सहरी मार्ग’ बनाउने पर्ने बताए ।
‘सडक फराकिलो पार्नुपर्छ तर, बजारबाट हाइवे जानुहु“दैन । कम क्षति हुनेगरी वैकल्पीक मार्गबाट सडक विस्तार हुनुपर्छ ।’ उनले भने, ‘मुख्य बजार क्षेत्रबाट राजमार्ग कायम गर्दा लिङ्क रोडहरु पनि विस्तार गर्नुपर्छ । राजमार्ग अन्तर्गत सर्भिस लेन, ग्रिनरी, फुटपात, स्थानीय तहको नियम अनुसार सिडकमा सेटव्याक राख्नुपर्छ । २५ मिटर सडक सिमाले त्यो सबै विषयहरुलाई समेट्न सक्दैन । अहिले २५ मिटर भत्काउने अनि क्षेत्र नपुग्ने वित्तिकै फेरि भत्काउने भन्ने हुन्दैन । तइसैले दिर्घकालिन रुपमा त्यसको समाधान गर्नुपर्छ । विकल्पसहित अघि बढ्दा उत्तम हुन्छ ।’
उनले हेटौंडा बजार क्षेत्रको सडक दाया“बाया“ विनामुआब्जा १६/१६ मिटर विस्तार गरी बाइपास सडक ३२/३२ मिटरको बनाउन जरुरी रहेको बताए । उनले वीरगञ्ज र नारायणगढमा समेत सडक बाइपास गरिएको र सहरी मार्ग पनि बनाइको स्मरण गरे । उनले हेटौंडा बजार क्ष्ँेत्र विस्तार गर्दा राज्यले दिनुपर्ने क्षतिपूर्ति र मुआब्जाभन्दा बाइपास सडक निर्माण गर्दा आर्थिक भार कम पर्ने दावी गरे ।