कैलाशमा चाउमिन बनाउने तालिम सुरु

कैलाश, कैलाश गाउँपालिका वडा नम्बर ३ कालिकाटारमा चाउमिन बनाउने तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच तालिमको सुरु भएको हो । आयोजक संस्था महिला एकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

ADVERTISEMENT

सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लैङ्गिक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यवसायिक चाउमिन बनाउने तालिम भएको हो । तालिम तालिममै सिमित नहोस्, सीप सिकेर आयआर्जन गर्न उपाध्यक्ष मल्लले आग्रह गरेका छन् । गाउँपालिकाको केन्द्र समेत रहेको यस स्थानमा चाउमिन तालिम आवश्यक रहेकाले यहाँका महिला दिदीबहिनीहरुलाई तालिम प्रदान गरिएको उनले बताए ।

महिलाले सीप सिकेर आम्दानीको पाटो बलियो बनाउनुका साथै व्यवसायिक दृष्ट्रिले पनि राम्रो रहने उपाध्यक्ष मल्लको भनाइ रहेको थियो । महिलाहरुलाई आयआर्जन सँग जोडेर यी यस्ता तालिमले फलदायी रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य राममाया प्रजा, वडा सदस्य नीरमाया सुनार, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, वडा सचिव शर्मिला रानामगर, चाउमिन तालिमका प्रशिक्षक रेशम थिङको आतिथ्यता रहेको थियो । तालिम ७ दिन चाउमिन बनाउने र ७ दिन उद्यमशील, प्याकेजिङ, लेवलिङ बजारिकरणका विषयमा तालिम प्रदान गरिने संस्थाका अध्यक्ष प्रमिला लामाले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya