हेटौंडा सिटी कलेजमा योग प्रशिक्षण

हेटौंडा, हेटौंडा- ५ मा रहेको हेटौंडा सिटी कलेजले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई योग शिक्षा दिइएको छ । कार्यक्रममा कक्षा ११ र १२ का १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको क्याम्पस प्रशासन प्रमुख सुमन्त सिल्वालले जानकारी दिए ।

ADVERTISEMENT

विद्यार्थीलाई योग शिक्षाको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्याम्पसले जनाएको छ । कार्यक्रममा पतन्जली योग समिति नेपालका केन्द्रीय सह प्रभारी ललित शंकर योगीले योग तथा स्वस्थ्य जीवनशैलीको बारेमा प्रशिक्षण दिएका थिए । विद्यार्थीलाई विभिन्न किसिमको योग अभ्यास सिकाइएको थियो ।

योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइनुको साथै विद्यार्थीलाई अध्ययनशील बनाउन र नियमको पालना गर्न पनि सिकाउने भएकोले गर्दा एकदिने योग कार्यक्रम आयोजना गरेको क्याम्पस प्रशासन प्रमुख सिल्वालले बताए । कार्यक्रममा पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *