हेटौंडामा दुई पुलको उद्घाटन

हेटौँडा, हेटौंडा उपमहानगरपालिका भित्रका तीन वटा वडा जोड्ने दुई वटा पुलको निर्माण सम्पन्न भएको छ ।

ADVERTISEMENT

सोमबार हेटौंडाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले संयुक्त रुपमा हेटौंडा–७ र ८ जोड्ने र नम्बर ६ र ७ जोड्ने पुलको उद्घाटन गरेका हुन् । पुल निर्माण भएसँगै खहरेका कारण हुने गरेको समस्याबाट यस वडाका सर्वसाधारणलाई राहत पाउने भएका छन् ।

हेटौंडा–नागस्वती–हटिया सडक खण्डअन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने हरियालीमा रहेको खहरेमा निर्माण भएको र वडा नम्बर ८ ओमनगर खहरेमा निर्माण गरिएका पुलको उद्घाटन गरिएको हो ।

वडा नम्बर ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो भने वडा नम्बर ८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

हेटौंडा ६ र ७ जोड्ने पुल नगरपालिकाको र ८ नम्बरको पुल प्रदेश सरकारको विनियोजित बजेटमा निर्माण गरिएको हो । पुलको उद्घाटन गर्दै मेयर लामाले दुइवटा पुलको अभावमा वर्षाको समयमा समस्याहुँदै आएकोमा अब समस्याको समाधान भएको बताइन् । उनले हेटौंडा उपमहानगरपालिकाको सर्वाङ्गीण विकासका निम्ति योजनाबद्ध काम गरिरहेको दावी गर्दै आवश्यकताको आधारमा विकास निर्माणको कामलाई अझ तीव्र पारिने बताइन् ।

Advertisement 5

कार्यक्रममा सम्बन्धित वडाका अध्यक्षसहित वडा सदस्य र विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *