मनहरी–१ ले पायोआफ्नै वडा कार्यालय

हेटौंडा, मनहरी गाउँपालिका वडा नम्बर–१ को कार्यालय भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच मनहरी–१ ले आफ्नो वडा कार्यालयको भवन उद्घाटन गरेको हो । यसअघि पर्सा राष्ट्रिय निकुञ्जको इकाई भवनमा रहेर सेवा प्रवाह गर्दै आएको कार्यालयले बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँबाट नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको हो ।

कार्यालय भवन उद्घाटन गर्दै सभापति बानियाँले आफ्नै कार्यालय बनपछि वडाको कामकारवाही र सेवा प्रवाह थप व्यवस्थित हुने बताए । उनले वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा वडाका कार्य सम्पादनमा सहजता प्राप्त हुने बताए । मनहरीको समग्र विकासमा आफूले सक्दो सहयोग गर्ने सभापति बानियाँले प्रतिवद्धता व्यक्त गरे । उनले मनहरीको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजनको पहल गर्ने बताए । विगतमा पनि मनहरीको विकासमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको उनको भनाई थियो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पालिकाको विकासमा प्रदेश सांसद् बानियाँ महत्वपूर्ण पहल प्राप्त भएको बताए । उनले पालिकाको विकासमा भएका पहलहरुका लागि बानियाँलाई धन्यवादसमेत व्यक्त गरे । पालिकाको विकासमा थप पहलको अपेक्षा रहेको बताए ।

मनहरी–१ पर्ता मकरीमा १ करोड ३४ लाख रुपैयाँ लागतमा ९ कोठे भवनमा निर्माण गरिएको वडा अध्यक्ष शिव खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button