चट्याङ मास्टर र सुबोध गौतम सम्मानित

हेटौँडा, सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गरेको छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबोध गौतम ‘यदुमे’ लाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिएको हो ।

ADVERTISEMENT

सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएको हो । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।

यस्तै युवा हास्यव्यङ्ग्य कलाकार ‘यदुमे’ लाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिएको छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *