नारायणीको अयोग्य ग्यास सिलिण्डर नष्ट अभियान शुरु

हेटौंडा, धनुषा जिल्लास्थित नेपाल ग्यास उद्योग (नारायणी)ले खाना पकाउने ग्यासका अयोग्य सिलिण्डर नष्ट अभियान विहीबारबाट शुरू गरेको छ । उद्योगले ६६५ वटा अयोग्य सिलिण्डर नष्ट गर्न लागेको उद्योगका कार्यालय प्रमुख जिवन छत्कुलीले जानकारी दिए ।

ADVERTISEMENT

पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरहरुको ‘हाइड्रोस्ट्याटिक टेष्ट’ गरी उपभोक्ताहरूको सुरक्षालाई ध्यान दिँदै प्रयोग गर्न नमिल्ने सिलिण्डर छनौट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए । विहीबारबाट शुरु भएको सिलिण्डर नष्ट कार्यक्रममा मिथिला नगरपालिका वडा नम्वर ९ का अध्यक्ष दिपक जंग थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मधेश प्रदेश ग्याँस विक्रेता संघका गुरुबहादुर बस्नेत, स्थानीय समाजसेवि बुद्धिप्रसाद काफ्लेको आतिथ्यता रहेको थियो ।

ग्यास भर्ने बेलामा सामान्य जाँच भइरहे पनि सिलिण्डर नयाँ १० वर्षमा र त्यसपछि हरेक ५ वर्षमा ‘हाइड्रोलिक प्रेसर’ लगायत जाँच गर्नुपर्ने हुन्छ। ‘जाँच गर्दा बाङगो भएमा, लिक भएमा, मुनि तिरको वा माथितिरको गोलो (रिंग) बिग्रे भत्केमा, खिया धेरै लागेपछि वा तौल १० प्रतिशत घटेको भेंटिएमा सिलिण्डर अयोग्य ठहरिन्छ,’ उनले भने, ‘मापदण्ड अनुसार पनि त्यसता सिलिण्डरमा ग्यास भर्न नमिल्ने भएकोले त्यसलाई नष्ट गनुपर्ने हुन्छ।’ वि.सं. २०७७ सालमा नेपाल ग्यास (नारायणी) ले १२ सय अयोग्य सिलिण्डर नष्ट गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya