नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित

हेटौँडा, हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आज विद्यालय कप्तान तथा उपकप्तानको निर्वाचन भएको छ। बिहान १०ः१५ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ः३० बजे सम्पन्न भएको थियो।

ADVERTISEMENT

कुल ७१३ मत खसेको निर्वाचनमा कप्तान पदका लागि कक्षा ९ का तीन उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये इतिस अधिकारीले ४५९ मत प्राप्त गरी विद्यालय कप्तानमा विजयी भए । उनका प्रतिस्पर्धी कृस्था चौलागाईंले १०८ मत र साहश श्रेष्ठले ५४ मत प्राप्त गरे। कप्तान पदमा ६२१ मत सदर र ९२ मत वदर भएको शिक्षक प्रतिनिधि रविन्द्र कार्कीले जानकारी दिए। उपकप्तान पदका लागि कक्षा ८ का तीन विद्यार्थी चुनावी प्रतिस्पर्धामा होमिएका थिए । जसमा रुफस तामाङले ३४८ मत प्राप्त गर्दै उपकप्तान पदमा विजय भए उनका प्रतिस्पर्धी कवीर दासले १९१ मत तथा आयुस शिवाकोटीले ६१ मत प्राप्त गरे। उपकप्तान पदमा ६०७ मत सदर र १०६ मत वदर भएको थियो।

निर्वाचन प्रक्रियामा विद्यार्थीहरूकै नेतृत्वको विद्यालय निर्वाचन आयोगले विशेष भूमिका खेलेको थियो भने शिक्षकहरूले आवश्यक सहजिकरण मात्र गरेका थिए । लोकतान्त्रिक अभ्यासको अभ्यासस्वरूप आयोजना गरिएको यस निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व विकास र जिम्मेवारीप्रतिको समझ बढाउने अपेक्षा गरिएको सामाजिक विभाग प्रमुख एवम् शिक्षक प्रतिनिधि रविन्द्र कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya