नेता बानियाँले भने- गाँजा मुद्धामा जेल परेकालाई छुटाउँछौँ


हेटौंडा, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गाँजा विधेयक ल्याएर मुद्धामा जेल परेकालाई छुटाउने बताएका छन् ।

ADVERTISEMENT

गठबन्धनले कैलाश ३ र ४ मा आयोजना गरेको सभालाईलाई सम्बोधन गर्दै बानियाँले गाँजा ओसारपसारको मुद्धामा जेल सजाय भोगिरहेकाहरुलाई छुटाउने बताए ।

उनले गाँजालाई विश्व स्वास्थ्य संगठनले ओषधीमूलक वनस्पती भनिसकेको अवस्थामा गाँजा प्रशोधन गरी विदेश निर्यात गर्न सके मुलुकको अर्थतन्त्र बलियो हुने बताए ।

उनले गठबन्धनको सरकार बनेपछि बागमती प्रदेशमा ५ वर्षको अवधिमा १० हजार घर बनाई गरिब तथा निमुखालाई हस्तान्तरण गरिने बताए ।

उनले भने, ‘हाम्रो राजनीति एमाले र राप्रपासंग छैन, हाम्रो राजनीति गरिब, पिछडिएका, लोपोन्मुख चेपाङ, भुजेल, तामाङ जनताजीहरुको विकास, समृद्धि, उत्पादन, रोजगारीको व्यवस्था गर्नुमा छ ।’

उनले नेकपा एमाले सरकारमा छँदा संविधान र व्यवस्था माथि नै आक्रमण गरेको भन्दै प्रतिगमनकारीहरुलाई अब यो निर्वाचनबाट परास्त गरिने बताए । उनले यो चुनाव संविधान बचाउने र सिध्याउन खोज्नेबीच भएको बताए ।

प्रदेशमा गठबन्धनको सरकार बनेको १० महिनामै कैलाशमा मात्रै २२ करोड भन्दा बढी रकम सडक, खानेपानी तथा पूर्वाधार निर्माणको लागि विनियोजन गरिएको बताउँदै आगामी दिनमा पनि सो क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya