महिला गोल्डकप उपाधि जित्ने पुलिस र एपिएफको दावी

हेटौँडा, हेटौंडामा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज बिहीबार हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी उचाल्ने दाबी गरेका छन् । बुधबार हेटौंडा(६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले मेहनत गरेर उपाधि हात पार्ने दाबी गरेका हुन् ।

ADVERTISEMENT

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधि जित्ने बताए । पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले अट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताए । एपिएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफुहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधी जित्ने गरि खेल्ने दाबी गरिन् । यस्तै पुलिसका प्रशिक्षक भोला सिलवाल एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफ बलियो भए पनि आफूहरुले जित्ने गरि खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको बताए । यो पटक एपिएफलाई रोक्ने आफूहरुको रणनीति रहेको पनि उनले बताए । पुलिसकी कप्तान निरु थापाले यो उपाधी जित्ने गरि आफुहरु मैदान उत्रने बताइन् ।

प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७(० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै एपिएफ वीररगंजलाई १२(० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *