जमिनमुनि भासिएको गाडी फेला परेन, भूगर्भ विभागको टोली प्रारम्भिक अध्ययनपछि फर्कियो

हेटौँडा, गत शुक्रबार हेटौँडा– १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको ना ४ च ४८३३ नम्बरको बलेरो गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि बुधबार दिउँसो फर्किएको छ।

ADVERTISEMENT

मंगलबार बिहानबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा रहेको टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो।

भूगर्वविद अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुनाको ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिए। गाडी डुबेको स्थानमा ठुलो मात्रामा जमिन भासिएको अनुमान गरिए पनि त्यसको वास्तविक कारण र गाडीको अवस्थाबारे अझै प्रस्ट जानकारी पाउन नसकिएको उनको भनाइ छ।

ADVERTISEMENT

मंगलबार टोलीले गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटरभन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुन सक्ने अनुमान गरेका थिए। टोलीका एक सदस्य भूगर्भविद् कृष्ण पाण्डेले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको सम्भावित स्थानको बारेमा पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडीको संकेत मिले पनि थप अध्ययन गर्ने वातावरण नबन्दा व्याक हुनुपरेको स्पष्ट पारे। (स्रोतः नयाँ पत्रिका)

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya