विद्यालय खेलकुदलाई प्राथमिकता: अध्यक्ष सिग्देल

हेटौंडा, हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले उत्कृष्ट खेलाडि उत्पादनकाे लागि विद्यालयबाट नै खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनु भएकाे छ ।

ADVERTISEMENT


भुटनदेवी मावि, हेटाैँडा-४ काे प्रथम सप्ताहव्यापी खेलकुद प्रतियाेगिताकाे उद्घाटन गर्दै सिग्देलले शिक्षा र खेलकुदलाई संगै अध्ययन गराउन पर्ने र खेलकुदकाे काेर्ष विद्यालयबाट नै राख्न पर्ने बताउनु भयाे । शारिरीक र मानसिक विकासमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेकाेले र शिक्षालाइ सार्थक बनाउन खेलकुद क्रियाकलाप अपरिहार्य रहेकाे बताउनु भयाे ।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकाेटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कंडेल, अनुगमन समिति संयाेजक ईन्द्रप्रसाद नेपालकाे आथित्यता रहेकाे र कार्यक्रम विद्यालयकाे प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेकाे अध्यक्षतामा भएकाे हाे । साताभरी खेलकुदका विभिन्न विधामा प्रतियाेगिता हुने र माघ २३ र २४ गते विद्यालय नगरस्तरीय क्रिकेट प्रतियाेगिता समेत आयाेजना गरिएकाे खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिनुभयााे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya