२३ जनाले गरे रक्तदान

हेटौंडा, ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ६८ औँ राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश मूल समारोह समिति-२०८१ले मंगलबार हेटौंडामा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । समितिका संयोजक एंव प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको मूल समारोह समितिका कार्यालय सचिव गोविन्द दाहालले बताए । समितिले सोमबार हेटौंडामा ऋण लगानी, असुली र कानूनी कार्यानवयनमा समस्या विषयक अन्तरक्रिया समेत गरेको थियो । भोली चैत्र २० गते दिवसको दिन विहान प्रभातफेरी गरी सभामा परिणत भई शुभकामना आदानप्रदानका साथै पुरस्कार वितरण कार्यक्रम रहने सचिव दाहालले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *