लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा कंडेल

हेटौँडा, नेपाली कांग्रेस निकटका लोकतान्त्रिक निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेल निर्विरोध चयन हुनुभएको छ । संघको आइतबार हेटौँडामा भएको प्रथम अधिवेशनले कंडेललाई अध्यक्षमा सर्वसम्मत् निर्वचित गरेको हो । यस्तै संघको उपाध्यक्षद्वयमा शिबहादुर थापा र भवनाथ अधिकारी, महासचिवमा सुरज बर्तौला, उपमहासचिवद्वयमा नवराज पाठक र कृष्ण नकर्मी, कोषाध्यक्षमा हरेराम पुडासैनी र सहकोषाध्यक्षमा आकाशकुमार गोले निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT

संघको सदस्यहरुमा अजित मानन्धर, अमित कंडेल, हेमन्तकुमार थापा, बालकृष्ण केसी, निर्माण न्यौपाने, राजन घिमिरे र विजय गोपाली अधिवेशनबाट निर्वाचित हुनुभएको संघले जनाएको छ । संघको सल्लाहकारमा ईश्वर पण्डित, पशुपति रिजाल, भीमसेन श्रेष्ठ र मिठाराम दाहाल रहनुभएको छ ।

संघका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा संघको अधिवेशनको पहिलो सत्र तथा दोस्रो सत्र कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ केन्द्रीय संयोजक रवि सिंह, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दार्जे लामा एडी, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव ईश्वर पाठकलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *