व्हिल चियर पाउँदा पक्षघात पिडित भए खुसी

हेटाैँडा, हेटाैँडा १३ बनस्पती निवासी चेतकुमारी शारूमगर पक्षघात पिडित छिन् । राेटरी क्लब अफ, हेटाैँडाका प्रतिनिधि तथा जनप्रतिनिधिसहित व्हिल चियर लिएर शारूमगरकाे घरमा पुगेका थिए ।

ADVERTISEMENT

व्हिल चियर उनकाे अगाडि देख्ने बित्तिकै निकै खुसी भईन् । उनलाई व्हिल चियरमा राखेर उनकाे पतिले केही समय सडकमा घुमाए उनी गद्गद् भईन् । शारूमगरले व्हिल चियर ग्रहण गर्दै धन्यवाद ज्ञापन गरिन् । आईतबार राेटरी क्लब अफ हेटाैँडा जनप्रतिनिधिकाे राेवरमा दुई वटा व्हिल चियर पक्षघात पीडित दुई महिलाई हस्तान्तरण गरेकाे छ । हेटाैँडा ४ गर्दाेही निवासी ५८ वर्षिय नानी पाेडे र हेटाैँडा १३ स्थित बनस्पतीकि ५२ वर्षियचेतकुमारी शारूमगरलाई घर मै पुगेर व्हिल चियर हस्तान्तरण गरिएकाे हाे ।

कार्यक्रममा हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, १३ नं. वडा अध्यक्ष पेम्बा लामा, राेटरी क्लब अफ हेटाैँडाका अध्यक्ष स्वागत प्याकुरेल, पूर्व अध्यक्ष तथा एजी रामप्रसाद शर्मा, पूर्व विजय बैध्य, उपाध्यक्ष अजुर्न सुवेदी, सचिव किसाेर पराजुली, काेषाध्यक्ष रवी रेग्मी, सुदर्शन ढकाल, विकास श्रेष्ठ, श्याम मुडबरी, दुर्गाबहादुर विष्टलगायतकाे उपस्थिति रहेकाे थियाे । अध्यक्ष स्वागत प्याकुरेलले मानवीय कार्यमा राेटरीले सधै सक्रिय भई काम गरिरहने समेत बताउँदै सेवाकाे काममा जुट्न सबैलाई आग्रह गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya