हेटौंडा/हेटौंडा जेसीजको बर्ष सन् २०२३ को अध्यक्षमा श्रवणकुमार बर्तौला पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा भएको जेसीजको ४५ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच उनी अध्यक्षमा पदस्थापित भएका हुन् । २०२२ का अध्यक्ष पवन कंसाकारले बर्तौलालाई अध्यक्षको चेन हस्तान्तरण गरेका हुन् । बर्तौलाले महासचिवमा विवेकआनन्द न्यौपाने, कानूनी सल्लाहकारमा एसिस रिजाल, कोषाध्यक्षमा जीवन ढकाल, सचिव रमेश काफ्ले, शाखा सम्पादकमा सुदिप तिमल्सिनालाई मनोनित गरेका छन् ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा अमृत बर्तौला र विकेशलाल श्रेष्ठ निर्वाचित भएका थिए भने उपाध्यक्षमा मिलन ढकाल, सन्जयकुमार न्यौपाने, सन्तोष पराजुली र राजु श्रीवास्तव सर्वसम्मत चयन भएका थिए। अध्यक्ष बर्तौलाले आफ्नो कार्यकाललाई नमूनालायक बनाउने प्रतिबद्धता जनाए । प्रमुख बोर्ड सल्लाहकार माधव न्यौपाने, सल्लाहकारमा कविन सांगामी, कृष्णबहादुर कार्की, अन्जनीकुमार पराजुली, कृष्ण कटुवाल लगायत, यस्तै अध्यक्ष सल्लाहकारमा पूर्णप्रसाद अर्याल, वसन्त कप्रौला र विज्ञान रिमाललाई मनोनित गरिएको छ ।
कार्यक्रम संयोजक विश्व गौतमको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षेत्र ख निरुपित कार्यकारिणी उपाध्यक्ष रजनी थापा, हेटौंडा जेसीज पूर्व अध्यक्षदीपकराज मिश्र, रत्ननगर जेसीज अध्यक्ष उपेन्द्र आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।






