हेटौँडामा प्रदेश युवा सम्मेलन सुरु

हेटौँडा, बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौँडामा तीन दिने प्रदेश युवा सम्मेलन २०८२ आइतबारबाट सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवालाई नीति निर्माण र नेतृत्व तहमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

युवाको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनु आवश्यकभएको भन्दै शासकीय संरचनाको निर्णायक स्थानमा युवालाई स्थापित गर्न सकेमा नागरिक र देशको विकासको आकांक्षा पुरा गर्न सहयोग पुग्ने उनले बताए ।
मुख्यमन्त्री लामाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा युवाको सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै युवाको विदेश पलायन रोक्नु हाम्रो लागि चुनौती भएको बताए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा लक्षित कार्यक्रम आवश्यक भएको बताए । द्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सरकार र युवालाई एउटै थलोमा उपस्थित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । प्रदेश सरकारले युवाको क्षेत्रमा देखिने गरी काम गरेको समेत उनको भनाई छ । कार्यकारी उपाध्यक्ष चौलागाईले युवाहरुलाई प्रदेश देखि स्थानीय तहसम्मै नीति निर्माणमा उपस्थिति गराउनुपर्ने बताए ।

ADVERTISEMENT

सम्मेलनमा ७ वटै प्रदेशका ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् । उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित हेटौंडाको बुद्धचोकबाट मुख्यमन्त्री लामा, प्रदेश सरकारका मन्त्रीहरु समेतको सहभागितामा प्रभातफेरी निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *