हेटौंडा, हेटौंडा ४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेको ऋण लगानी ४ करोड ५७ लाख ७१ हजार ६ सय ६४ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख रहेको छ । शनिबार भएको संस्थाको १५ औँ वार्षिक साधारण सभामा अध्यक्ष बसन्तराज गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा ऋण लगानी ५ करोड ३० लाख रुपैयाँ पु¥याइने बताए ।
६ सय ९४ जना शेयर सदस्य आवद्ध रहेको संस्थाको शेयर पुँजी १ करोड ८९ हजार ५ सय रुपैयाँ रहेको छ भने कुल बचत ३ करोड ८३ लाख ८४ हजार रुपैयाँ रहेको छ । संस्थाका अध्यक्ष बसन्त राज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका घलानले चाडपर्व नजिकिदै गर्दा कालोबजारी पनि बढ्ने भएकोले गर्दा सहकारीले सर्वसुलभ दरमा सेवा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य नरबहादुर राई, असल बचतकर्ता निला सुवेदी, असल ऋणी रीता रिजाल, उत्कृष्ट बाल बचतकर्ता लमिन बल लामा र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको थियो ।
यसैगरी संस्थाको सिमेन्ट व्यवसायमा अधिक सिमेन्ट खरिद गर्ने भिजन कन्स्ट्रक्सनका सञ्चालक भरत सापकोटा, शेयर सदस्यमा वृद्धिमा उत्कृष्ट सहयोग गर्ने सञ्चालक सदस्य भरतकुमार भण्डारी र निवर्तमान अध्यक्ष महेशकुमार सिग्देललाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका राजकुमार केसी, संस्थाका सल्लाहकार शिवप्रसाद बन्जरालगायतको आतिथ्यता रहेको थियो ।






