अखिल क्रान्तिकारीद्वारा मामाघरलाई स्टेसनरी

हेटौँडा, अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा ११ मा रहेको मामाघर नेपालमा आश्रितहरुलाई स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थी एकता दिवसको अवसरमा मामाघर नेपालमा आश्रितहरुको अध्ययनलाई सहयोग पु¥याउने उद्देश्यले स्टेसनरी सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बुद्धराज अर्यालले बताए ।

ADVERTISEMENT

परिवार बिहीन भएका बालबालिकाहरुलाई आश्रय दिर्दै आएको मामाघर नेपालमा हाल २१ जना वालबालिकाहरु आश्रित छन् ।
२०७० सालमा स्थापना भएको मामाघर नेपालले आश्रय बिहीन बालबालिकाको संरक्षण, अध्ययन संगै बिभिन्न सीप सिकाई समुदायमा पुनःस्थापना गर्ने कार्य गर्दै आएको छ । हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टर नेपाल को केन्द्रीय सदस्य ध्रुवराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, मकवानपुर जिल्ला सचिव छोईसाङ लामा, सहसचिव सुजन सिलवाल, जिल्ला सदस्य मिनेश पुडासैनी, प्रचण्ड बैज्यू, आयुश ठकुरी, ईश्वर ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

अखिल (क्रान्तिकारी) ले मामाघर नेपाललाई करिब १० हजार रुपैंया बराबरको कपी, कलम लगायत स्टेससनरी सामग्री हस्तान्तरण गरेकोे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya