हेटौंडामा निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण सम्पन्न

हेटौँडा, नेपाल पत्रकार महासंघको आयोजनामा हेटौंडामा निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहितासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

ADVERTISEMENT

कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पण्डितले सञ्चारमाध्यमले स्वच्छ, निष्पक्ष र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्। विशेषगरी निर्वाचनको समयमा निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उनको भनाइ थियो।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले निर्वाचनका बेला सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण हुनेमा आफू विश्वस्त रहेको बताइन्। विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि पत्रकारहरूले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आग्रहसमेत गरिन्।

त्यसैगरी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अन्य जिल्लाको तुलनामा मकवानपुरको सञ्चार क्षेत्रले प्रशासनलाई सकारात्मक र प्रभावकारी सहयोग गर्दै आएको उल्लेख गरे।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले कार्यक्रममा निर्वाचन आचारसंहितासम्बन्धी सहजीकरण गरेका थिए।

Advertisement 5

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय लेखा आयोग सदस्य केसी लामिछाने, बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं तथा जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *