सुदिपको नेतृत्वमा निर्माण सामग्री मकवानपुर

हेटौँडा, निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुदिप तिमल्सिना (सञ्जिव) चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्ष रोशन सापकोटा, महासचिव जीवन ढकाल, कोषाध्यक्ष अमित श्रेष्ठ, सचिव सुवास दाहाल तथा सदस्यमा धर्मराज ढकाल, सतिश अधिकारी, काशीनाथ छ्त्कुली, राजन अधिकारी र सुरेश रिजाल चयन भएका छन् । अध्यक्षमा सर्वसम्मत चयन भएका तिमल्सिनाले संस्थागत एवम् व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *