नमूनाको शेयर पुँजी २ करोड ७७ लाख

हेटौंडा/ हेटौंडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७८/०७९ मा शेयर पुँजी २ करोड रुपैयाँ रहेको छ । २ हजार ५ सय ९१ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पुँजी २ करोड ७७ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको ।

ADVERTISEMENT

सहकारीले एक करोड १६ लाख ७९ हजार ४८३ रुपैयाँ मुनाफा गरेको सहकारीको वार्षिक प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीको २२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा गर्दै आफ्नो आर्थिक, सामाजिक तथा आगामी कार्य योजनाका साथ अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष मिठाराम दहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।


सहकारीले उत्कृष्ट मासिक बचतकर्ता शरदकृष्ण श्रेष्ठ, नमिता स्याङ्तान, उत्कृष्ट धितो सुरक्षण ऋणी डोल प्रसाद भट्ट र पम्फा महत र बाल बचतकर्तामा निष्ठा पौडेललाई पुरस्कृत गरेको थियो । सहकारीले दीपबहादुर पराजुली र भवमाई चौलागाईलाई जेष्ठ शेयर सदस्य सम्मान गरिएको थियो । उत्कृष्ट व्यवसायी चुनु राई, सक्रिय सदस्य उपाध्याय लामिछानेलाई पनि सम्मान गरिएको थियो ।

ADVERTISEMENT

सहकारीको धेरै शेयर खरिद गर्ने अज्मीर केसी, आवधिक बचतकर्ता मधुसुदन सत्याललाई सम्मान गरिएको थियो । सहकारीले एसईइमा उत्कृष्ट अंक ल्याउने सामुदायिक तर्फ निश्चित घिमिरे र संस्थापन तर्फ श्रीशान्त घिमिरे र दीपिका न्यौपाने, प्लस २ तर्फ कृपा थापा, अमृत हुमागाई, प्लस २ प्राविधिक विद्यालय तर्फ दिवस घिमिरे, दीपा चौलागाईलाई पुरस्कृत गरिएको थियो । सभाकै अवसरमा संस्थाका वरिष्ठ सहायक अनुराधा हुमागाईलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो ।

सभामा बागमती प्रदेशका सदस्य मुनु सिग्देल, प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बचत तथा सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुङ्गाना, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय प्रमुख ज्योति महत लगायतको आतिथ्यता रहेको थियो । सहकारीमा बचत निक्षेप भने २९ करोड ४९ लाख ३३ हजार ९१ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । उनले जगेडा कोषमा २ करोड ११ लाख ७४ हजार ४८६ रुपैयाँ रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *