गजल मञ्चको २२४ औँ गजल यात्रा हेटौँडामा सम्पन्न


हेटौँडा, गजल साहित्यको प्रवर्द्धन, संरक्षण र सम्वर्द्धनमा सक्रिय गजल मञ्च मकवानपुरले २२४ औँ गजल यात्रा शनिबार हेटौँडामा सम्पन्न गरेको छ।

ADVERTISEMENT

गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो। कार्यक्रममा विशेष गजल वाचनसँगै ‘महफिल २’ गजल सङ्ग्रहमाथि परिचर्चा पनि गरिएको थियो।

प्रमुख अतिथि सिग्देलले मकवानपुरलाई साहित्यिक क्षेत्रमा एक सशक्त केन्द्रका रूपमा स्थापित गर्दै लैजानुपर्नेमा जोड दिए। उनले मकवानपुरलाई ‘साहित्यिक लालकिल्ला’ का रूपमा चिनाउन सकिने बताए।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष तथा साहित्यकार निमेष निखिलले ‘महफिल २’ गजल सङ्ग्रहमाथि विस्तृत परिचर्चा प्रस्तुत गरेका थिए। गजलकार केशव सुवेदी समर्पण र रुपक बनवासीले आठ वटा गजल वाचन गरेका थिए भने कार्यक्रमको सहजीकरण गजलकार बाबु त्रिपाठीले गरेका थिए।

गजलकारहरूले माया–प्रेमदेखि समाजका विसंगति र राजनीतिक असङ्गतिहरूविरुद्धका विषयमा आधारित गजल वाचन गरेका थिए। कार्यक्रममा सुजन विश्वकर्मा, अनसूया खनाल, मिथिला अधिकारी, सागर तिमल्सिना, स्वस्तिका बानियाँ, डि। बि। बर्तौला, देवराज तिवारी र दीपक गौतमले गजल वाचन गरेका थिए । गजल मञ्चका उपाध्यक्ष हरि पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *