हेटौँडा, कवि यश लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ शनिबार हेटौँडामा विमोचन भएको छ । लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरेका छन् ।
कविता सङ्ग्रहमा सामाजिक रूपमा पछाडि परेका, समाजबाट बहिष्कार भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए । छ वटा खण्डमा विभाजन गरी कविता सङ्ग्रह प्रकाशित गरिएका छ ।लामाको कृति साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।
लामाको ‘बहिष्कृत आवाज’ कविता सङ्ग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले विमर्श गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेश निखिलले सामाजिक रूपमा पछाडि परेका वर्गको आवाज उजागर गरेको र किनारामा परेकालाई शब्द मार्फत उजार गरेको बताए ।







