हेटौंडा, उत्तरी मकवानपुरमा रहेको पालुङ जेसीजको सप्ताह २०२४ मङ्सिर ९ गतेबाट सुरु हुने भएको छ । पालुङ जेसीज सन् २०२४ अध्यक्ष निरज रायमाझीका अनुसार विविध कार्यक्रम आयोजना गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागिएको हो ।
उनका अनुसार मङ्सिर ७ गते जेसीज सप्ताह उद्घाटन गरिने छ भने मङ्सिर ९ गतेदेखि १४ गतेसम्म ७ वटा कार्यक्रमको आयोजना गर्न लागिएको छ । मङ्सिर ९ गते लक्ष्य निर्धारण तालिम कार्यक्रम गरिने छ । उक्त कार्यक्रमको संयोजकमा विराज थापा रहेका छन् ।
यसैगरी मङ्सिर १० गते विश्वनाथ रायमाझीको संयोजकमा प्रदिप जेसीज दौड प्रतियोगिता, मङ्सिर ११ गते अजय कार्कीको संयोजकमा न्यानो कपडा वितरण कार्यक्रम, मङ्सिर १२ गते रोशनी गोपालीको संयोजकमा वक्तृत्वकला प्रतियोगिता, मङ्सिर १३ गते रचना बस्नेतको संयोजकमा भरत–रत्न छात्रवृत्ति कार्यक्रम र मङ्सिर १४ गते कृष्ण श्रेष्ठको संयोजकमा मैत्रीपुर्ण जेसीज कप फुटबल प्रतियोगिता हुने छ ।
मङ्सिर १५ गते सप्ताहव्यापी कार्यक्रमको समापन तथा सम्मान पुरस्कार वितरण गरिने छ । सप्ताहव्यापी कार्यक्रमको मूल कार्यक्रम संयोजकमा मान सिं दोङ रहेका छन् । जेसीजले हरेक वर्ष विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आफ्नो सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको महासचिव विक्रम गोपालीले जानकारी दिए ।
ADVERTISEMENT