कैलाशमा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम

हेटौँडा, कैलाश मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

ADVERTISEMENT

सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले बालबालिकाका साथै किशोरकिशोरी, युवा र जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए । अझ हामीले १२ पास र २० वर्ष पुरा गरी विवाह गर्ने चेलीहरुलाई नगद सहित सम्मान समेत गर्दै आइरहेको मुक्तानले बताए । दीगोपनाका लागि यी यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अवस्थामा छिट्टै नै बालबालिका केन्द्रीत खेलकुदको कार्यक्रम गरिन लागेका छौं, अध्यक्ष मुक्तानले भने ।

यस अन्तरक्रिया कार्यक्रमले बालबालिका, किशोरकिशोरी र युवाका कुरा संकलित हुने र आगामी नीति तथा कार्यक्रममा ती विषयवस्तु समेटेर अघि बढ्ने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यालय स्तरमा रहेका किशोर विद्यार्थीहरुको अन्तरक्रियाले स्थानीय सरकारलाई बालबालिका र युवा लक्षित कार्यक्रम निर्माण गर्न सहज रहने बताए । अन्तरक्रियाको क्रममा उठेका साझा विषयवस्तुलाई प्रतिवेदन स्वरुप गाउँपालिकामा पेश गरिने समाजका अध्यक्ष ठकुरीले बताए । अन्तरक्रियामा मनापरामर्श र नेतृत्व विकासका विषयमा पनि छलफल गरिने उनले बताए ।
गाउँपालिकामा रहेका ६ वटा माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा अन्तरक्रिया सञ्चालन गरिने जनाइएको छ ।

ADVERTISEMENT

तालिमलाई बालबालिका तथा युवा क्षेत्रमा सक्रिय रहेका बालिका चौधरीले सहजीकरण गरिने तय रहेको समाजका अध्यक्ष ठकुरीले बताए । सोमबारबाट सुरु भएको तालिम शुक्रबार समापन हुनेछ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रशिक्षक बालिका चौंधरी, भवानी माध्यामिक विद्यालयका प्रअ बालचन्द्र मल्ल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya