हेटौंडा, हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधीको लागि फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स भिड्ने भएका छन् । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलमा फ्रिडम भेट्रान्सको तर्फबाट खेलको छैटौँ मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ द म्याच गोलकर्ता मालाकार घोषित भएका थिए । यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा किङकम भेट्रान्स विजयी भएको छ । आयोजक हेटौंडा भेट्रान्स क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै किङकम भेट्रान्स फाइनल प्रवेश गरेको हो । किङकम भेट्रान्सको तर्फबाट खेलको ७ औ मिनेटमा सरोज थापा र नीरज सिंह बस्नेतले २८औ मिनेटमा एक एक गोल गरेका थिए भने किशोर नेपालीले ह्याट्रिक गर्न सफल भए । किशोरले १२औ, ४२औ र ४४औ मिनेटमा गोल गरेका थिए । हेटौडा भेट्रान्सको तर्फबाट खेलको ३१औ मिनेटमा प्रकाश महर्जनले एक गोल गरेका थिए भने दीपक लामाले ३७औ र ४१औ मिनेटमा दुई गोल गर्न सफल भएका थिए ।
खेलको म्यान अफ द म्याच किङकम भेट्रान्सका खेलाडी किशोर नेपाली घोषित भएका थिए । प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो २ बजे फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स बिच हुने प्रतियोगीता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने संयोजक गौतमले बताउनु भयो । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।
प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।






