हेटौंडा अटोमोवाईल्स एशोसिएसनको अध्यक्षमा ढकाल

हेटौंडा, हेटौंडा अटोमोवाईल्स एशोसिएसनको अध्यक्षमा ऋषिकुमार ढकाल चयन भएका छन् । शनिबार भएको एशोसिएसनको २३ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा धर्मराज धिमाल, उपाध्यक्षमा जितेन्द्र तिवारी, महासचिवमा दीपेन्द्र कुमार उप्रेती, सचिवमा सञ्जय गुप्ता, कोषाध्यक्षमा श्यामप्रसाद कंडेल चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी एशोसिएसनको सदस्यमा उत्तम भण्डारी, मुनाल राज न्यौपाने, डिल्लीराम रिजाल, सुजन उप्रेती, देवनारायण दुलाल, राज अधिकारी, विकास नेपाल र प्रकाश भट्टराई चयन भएका छन् । सभाले एशोसिएसनको उत्तरीमा संयोजकमा जयराम केसी खत्री, पूर्वमा ईन्द्र मोक्तान, पश्चिममा लक्ष्मण कार्की, दक्षिणमा दीपेश खड्गी चयन भएका छन् । एशोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटलको सभाध्यक्षता तथा नाडा अटोमोवाईल्स एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष डा. ध्रुव बहादुर थापाको प्रमुृख आतिथ्यतामा सभा भएको थियो ।

सभाको अवसर पारेर एशोसिएसनको सचिवालय भवनको उद्घाटन गरिएको छ । हेटौंडा ११ सिमलटारमा निर्माण गरिएको दुई तले भवनको केन्द्रीय अध्यक्ष डा.ध्रुव बहादुर थापाले उद्घाटन गरेका हुन् । ४५ लाख लागतमा निर्माण गरिएको भवनमा भुई तलामा पाँच वटा सटर निकालिएको छ भने माथिल्लो तलामा सचिवालयका प्रशासिनक काम गर्न तयार पारिएको एशोसिएसनका पूर्व अध्यक्ष सागर सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *