गढीमा अटो दुर्घटना हुँदा घिमिरेको मृत्यु

हेटौंडा, मकवानपुरगढी गाउँपालिका वडा नं.४ ज्वालादेविमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक सोही स्थान बस्ने अन्दाजी ३५ बर्षीय सुमन भन्ने देबि बहादुर घिमिरे रहेका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धादिङबजार तर्फबाट ज्वालादेवितर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर बिहीबार बिहान ६ बजेर १७ मिनेटको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी निधारमा र टाउकोमा चोट लागेको घिमिरेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएको ६ बजेर ५८ मिनेटको समयमा डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya