मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै तालिम

हेटौंडा/ प्रस्तावित मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै नेतृत्व विकास तालिमको आयोजना भएको छ । शनिबार मकवानपुरगढीमै जेसीजको सचिवालय स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी नेपालीले संयुक्त रुपमा सचिवालय उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रम संयोजक विजय पुडासैनीको संयोजकत्व एवम् जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । गाउँपालिका अध्यक्ष स्याङ्तानले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास एवम् सामाजिक कार्यका लागि जेसीजसँग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, उपाध्यक्ष सरोज अधिकारी, बसामाडी जेसीज अध्यक्ष जनक भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही सन्दर्भमा जेसीज सदस्यका लागि नेतृत्व विकास तालिम समेत दिइएको थियो । पालुङ जेसीजका बर्ष सन् २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले तालिममा सहजीकरण गरेका थिए । मकवानपुरगढी जेसीज अध्यक्ष पुडासैनीले अध्यक्ष सल्लाहकारमा विश्वराज बानियाँ र निरज सुवेदी तथा बोर्ड प्रमुख सल्लाहकारमा सुरेन्द्रमान प्रधान तथा सल्लाहकारमा दीपेन्द्र बर्तौला, सन्देश डिसी, प्रतिमा श्रेष्ठ र गौतम केसीलाई मनोनित गरेको जानकारी दिएका छन् । कार्यक्रममा पालुङ जेसीज अध्यक्ष संगम कार्की, निवर्तमान अध्यक्ष जयराम खत्री, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, प्रस्तावित चैनपुर जेसीज अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *