उपमहानगरको बिभिन्न वडामा सडक नाटक

हेटौँडा, सामाजिक बेथिती प्रति प्रहारगर्दै समाजलाई सकारात्मक सोचका साथ अघि बढाउनका लागि हेटौंडा उपमहानगरका बिभिन्न वडाहरुमा सचेतना मुलक सडक नाटक प्रस्तुत गरीएको छ । हेटौंडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजि·को सहकार्यमा उपमहानगरका बिभिन्न वडाहरुमा राष्ट्रिय कलाकारहरुको टोलीले बैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागु औषध दुव्र्यसनको प्रभाब र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमा सडक नाटक मार्फत सचेतना फैलाउन खोजिएको छ ।

ADVERTISEMENT

बुधबार हेटौंडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक बिद्यालय, बिहीवार हेटौंडा–१३ को महेन्द्र र १४ को जनज्याोति माध्यमिक बिद्यालय, शक्रबार हेटौंडा–३ को महेन्द्र किरण माध्यमिक बिद्यालय, आइतबार हेटौंडा–८ को चन्द्रोदय र १५ को चुरीयामाई माध्यमिक बिद्यालयमा सडक नाटब प्रस्तुत हुने उपमहानगरले जनाएको छ ।

बिहीबार हेटौंडा– १४ को जनज्योतीमा भएको सडक नाटक नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । नाटकको समिक्षा गर्दै नगर प्रमुख लामाले समाजमा भएको बेतिथीहरुलाई यस्ता प्रस्तुति मार्फत उजागर गर्दै सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरीएको बताइन् । हामि केवल भौतीक बिकासमा मात्र केन्द्रीत नभएको भन्दै नगरवासीको मानिसिक बिकासका लागि पनि काम गरीरहेको बताइन् ।

ADVERTISEMENT

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहनगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १४ नम्बरका वडा अध्यक्ष दिपक खड्का, उपमहानगरका सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।

सडक नाटकमा बिष्णु सापकोटा (लाहुरे बा), अस्मिता बस्नेत (थुम्की), शिबहरी नेपाल (ठेकेदार), गुणाखर अधिकारी (पुछारे), युनिसा बानियाँ (चुचु) र कुवेर मोक्तान (बाख्रे) को अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *