हेटौंडा, मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोङहाङ जबेगु मंगलबार दिउँसो आफ्ना आठ जना साथीहरूका साथ कोगटे खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी खोलामा डुबेर बेहोस भए, जसपछि साथीहरूले उनलाई खोलाबाट निकालेर स्थानीय स्वास्थ्य चौकीमा पुर्याउने प्रयास गरेका थिए। तर बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
जबेगुको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल, काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। उनीहरू काठमाडौँबाट घुम्न गएका बेला कोगटे खोलामा पुगेका थिए।







