हेटौँडा, हेटौंडा ६ चौघडामा रहेको सुनगाभा वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले आफ्नै भवनमा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवमा संस्थामा आवद्व सदस्यहरुले संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै खुशी व्यक्त गरेका छन् । सदस्यहरुले संस्थाले भविष्यमा १२ कक्षा सञ्चालनको लागि आवश्यक कार्य गर्नुपर्नेमा जोड दिँदै बहुउद्देश्यीय काम गर्न समेत आग्रह गरेका थिए । सदस्य रघुप्रसाद आचार्य, अर्जुनप्रसाद चौलागाई, शिवप्रसाद गौतम, त्रिविक्रम मानन्धर लगायतले सुनगाभा सहकारीलाई जिल्लाकै अब्बल सहकारीको रुपमा विकास गरी शैक्षिक क्षेत्रको हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल अरुणकुमार पराजुलीले विद्यालयको शैक्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, सुनगाभा शिक्षा निकेतनका पूर्व अध्यक्ष हिमाल पौडेल, सहकारीका सचिव नारायणप्रसाद अधिकारी, शेयर सदस्य, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा ७५० जना विद्यार्थी रहेका छन् ।







