युनियनको स्थापनामा विद्यालयलाई खाद्यान्न सहयोग

हेटौंडा, नेपाल प्रेस युनियन मकवानपुर शाखाले आफ्नो ३४ औँ स्थापना दिवस मनाएको छ। शाखाले हेटौंडामा अवस्थित एकमात्र संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग गरी दिवस मनाएको हो।

ADVERTISEMENT

शाखा अध्यक्ष सुबास बिडारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष राममणि दाहाल प्रमुख अतिथिमा कार्यक्रम भएको हो । कार्यक्रममा करिब ४० जना बटुकहरूलाई लक्षित गर्दै २० हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेललगायतका खाद्य सामग्री सहयोग गरिएको हो।

कार्यक्रमका अध्यक्ष सुबास बिडारीले प्रेस युनियनले सामाजिक उत्तरदायित्वबोधसहित सञ्चारकर्म मात्र नभई समाजप्रति सकारात्मक योगदान पुर्‍याउने कार्यलाई प्राथमिकता दिएको बताए । उनले संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनमा सञ्चारकर्मीहरूको साथ र समर्थन जरुरी रहेको पनि बताए।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा, विद्यालयका प्रधानाध्यापक गणेश धिताललगायतको आतिथ्य रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *